0 COMMENTS

बासुदेव सेढाइ, लमजुङ,०७असार/ एकता, सद्भाव, भातृत्व भावनाकाे बिकाश गरि समुन्नत समाजकाे निर्माण  गर्ने उद्देश्य राखेर स्थापना भएको चिति कार्कीडाँडा सेवा समाजले डा. पुजा जाेशी लाई सम्मान गरेको छ । राजीव गान्धी युनिभर्सिटी अफ साईन्स बैङलाेर बाट Bachelor of Naturopathy and yogic science मा सफलता हासिल गर्नुभएको र अागामि दिनमा थप सफलता प्राप्त हुदै जाअाेस् भन्ने शुभेच्छा सहित समाजले सम्मान गरेको हाे ।

समाज भित्रका परिवारका बालबालिका हरुलाई शैक्षिक क्षेत्रमा उत्कृष्ट सफलता हासिल गर्ने ( समाजले ताेकेकाे मापदण्डअनुसार ) सबैलाई सम्मान गर्ने निर्णय गरेको छ । बिद्यार्थी भाइ बहिनि हरुकाे उज्ज्वल भबिस्यकाे लागि शैक्षिक क्षेत्रमा अगाडि बढ्न हाैसला प्राप्त हाेस् भन्ने उद्देश्य राखेर यस्तो खालको कार्यक्रम राखिएको समाजका अध्यक्ष शिव सिलुवालकाे बताउनुहुन्छ । समाजले बिकास निर्माणका कामकाे साथै समाज सुधारका लागि हरेक गतिविधिमा अाफ्नाे सक्रियता बढाएको छ । समाजकाे उदाहरणीय रचनात्मक र सकारात्मक गतिविधिका कारण सदस्य संख्या बढ्दै गएको छ ।

सुरुमा कार्किडाँडा सेवा समाज नाम राखेर स्थापना भएको संस्था ऐले चिति कार्किडाँडा सेवा समाज बनेको छ र बिस्तारै चिति सेवा समाज , लमजुङ सेवा समाज र राष्ट्रिय रुपमा अगाडि बढ्ने यसकाे लक्ष्य रहेको समाजका सल्लाहकार शंकरकान्त जाेशीकाे  भनाइ छ । चिति बाट बेसीशहर अाएर स्थायी वा अस्थायी रुपमा बसाेवास गर्ने जाेसुकैले पनि एक्लो महशुस हुन नपराेस् भनेर संस्था स्थापना गरिएको बरिस्ठ सदस्य भरत बिष्टकाे भनाइ छ । पुरस्कृत पुजा जाेशी समाजका बरिस्ठ सल्लाहकार शंकरकान्त जाेशी र भगवती जाेशीकाे छाेरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।