गोर्खा ब्वाईज क्लब उदयपुर गोल्डकपको फाइनलमा

2019-06-20   खेलकुद

काठमाण्डाै०५असार/  गोर्खा ब्वाईज क्लब उदयपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आयोजक उदयपुर-११ लाई ४-१ गोल अन्तरले पराजित गर्दै रूपन्देहीके गोर्खा फाइनलमा पुगेको हो ।

थरुहट रंगशालामा गोर्खालाई जित दिलाउन फोफानाले दुई गोल गरे ।यस्तै ड्यानियल र सुसिल यादबले एक एक गोल गरे । अब फाइनलमा गोर्खाले विभागीय टिम एपीएफ क्लबसंग खेल्नेछ । एपीएफ यसअघि नै फाइनल पुगिसकेको छ ।प्रतियोगिताको विजेताले ५ लाख प्राप्त गर्ने छन् । उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ ।