0 COMMENTS
प्रतिभा भट्टराइ

शरीर मन् अनि श्वास लाई केन्द्रीत गरेर गरिने साधना याेग हो ।प्रथम सत्य श्वास र अन्तिम सत्य परमात्माको स्मरण गर्दै बिहानीको ब्रम्ह मुहूर्तमा वैदिक मन्त्रहरूको उच्चारण सहित आफू र आफ्नो वरिपरिको वातावरण लाई नै परिसुद्ध बनाउँदै विभिन्न आसन व्यायाम अनि प्राणायाम हरु द्वारा पूर्ण हुने याेग का माध्यमले हरेक व्यक्तिले शारीरिक स्वस्थता तथा सुन्दरता अनि मानसिक शान्ति प्राप्त गर्न सक्ने अनि श्वास लम्ब्याउन सक्ने भएका कारण वर्षको लामो दिन पारेर जून 21 का दिन योग सम्बन्धी विभिन्न जानकारीमूलक कार्यक्रम हरुको आयोजना गर्दै विश्व भर योग दिवस मनाईन्छ।आफू सक्षम हुने र अरूलाई पनि सक्षमता पूर्वक जीवन यापन गर्न सघाउ पुर्याउने लक्ष्य लिएर प्रत्येक व्यक्ति समक्ष योगलाई चिनाउने उदेश्य राखी मनाइने यो दिवस योगको महत्व बुझ्ने मानिसहरूको लागि विशेष पर्व पनि हो।

जति सुकै धन् खर्च गर्छु भन्दा पनि नपाइने मनको शान्ति तथा विभिन्न खाले साधारण र जटिल मनोरोग हरुको उपचार केवल योग मा गरिने प्राणायाम हरुबाट मात्र सम्भव भएको कुरा समय समयमा गरिएका अनुसन्धान हरूले बताइसकेका छन् भने याेग का माध्यमले आफू जीवनको कठिन परिस्थितिबाट बचेको अनुभव सुनाउने मानिसहरूको अनुभव बाट पनि देखिसकिएको छ। सुख बाँडे बढ्छ र दुःख बाँडे घट्छ भन्ने उखान समाजमा चलिआएको भएता पनि समय र परिस्थिति अनुकूल सही मानिसको पहिचान गरी आफ्ना समस्या हरु बताउन नसक्दा र गरेका कामहरुबाट आफूले सोचे जस्तो परिणाम ननिस्कदा आजका मानिसहरूमा देखिने गरेको नकारात्मक संवेग जस्तै रिस, इगो, शंका असन्तुष्टि जस्ता कुराहरू ले दिनानुदिन मनोरोगी हरुको संख्यामा वृद्धि हुँदा निम्त्याउने घटना हरूले कहिले काँही समाज त्रसित हुन पुगेका समाचार हरु पनि सुन्नमा आउने गरेको पाइन्छ भने एउटा मात्र मानिस घर परिवारमा मनोरोगी भइदिँदा सम्पूर्ण परिवारले भोग्नु पर्ने समस्या पनि दुः खद हुने गर्दछ।

यसर्थ सबै व्यक्तिले ढिलो चाँडो आफ्नो जीवन योगमा समर्पित गरी सकारात्मक सोचको विकास, आत्म बल, आत्म विश्वास र निडर पनको वृद्धि सँगै हरेक काम र कुराहरू मा खुसी काे अनुभव गर्दै मानव जीवनको पूर्ण आनन्द लिनु र जन्म सफल बनाउनु जरुरी देखिन्छ।

तर योगका फाईदा हरु मानव जीवनको लागि अनगिन्ती हुँदा हुँदै पनि सत् गुरुको मार्गदर्शन, सही विधि, सावधानी तथा आफ्नो शारीरिक सक्षमता लाई भने सधैं ख्याल गरिएको हुनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।