0 COMMENTS

काठमाडौं ०१असार/ राजधानीको टोखामा आइतबार राति भीषण आगलागी भएको छ। आगलागीबाट ८ वटा सटर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको छ ।

टोखा नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेका पसलहरुमा आगलागी भएको हो । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागी भएको क्षेत्रमा किराना, फेन्सी, तरकारीलगायतका दर्जनबढी पसल छन् । आगलागीबाट भएको क्षतिको विवरण पनि आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।