0 COMMENTS

काठमाडौं १,असार/   निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन्। विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन्।

उनीहरूले काठमाडौं एनप्याब्सनका सहसचिव तथा गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङको निधनमा ३० जेठ आइतबारका दिन काठमाडौंका सबै निजी विद्यालय बिदा गर्ने निर्णय गरेका छन्। आफूखुसी बिदा दिने प्याब्सन र एनप्याब्सनको निर्णयको अभिभावक महासंघले विरोध गरेको नयाँ पत्रिकामा खबर छ।

जोरपाटीको कान्तिपुर एकेडेमीका सञ्चालक गुरुङको ३० जेठमा निधन भएको थियो। काठमाडौँ प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन अध्यक्ष विष्णुप्रसाद पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै आइतबार अन्य शिक्षालयहरूमा समेत शोक विदा दिन आव्हान गरेका छन्।

तर, उनको निधनप्रति विद्यालय बन्द गरेर भन्दा अन्य तरिकाले शोक व्यक्त गरेको भए राम्रो हुने प्रतिक्रिया कतिपयले दिएका छन्। काठमाडौंका एक हजार भन्दा बढी निजी विद्यालयमा करिब दुई लाख विद्यार्थी अध्ययनरत छन्।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले शोक मनाउन दिएको बिदा आन्तरिक बिदामा मिलाउने बताए। निजी विद्यालयमा बिदाको विषयमा एकरुपता ल्याउन आचारसंहिता बनाउने विषयमा छलफल भएको बताए। शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले शोक मनाउने चलन रहेपनि बिदा दिएको पढाइको दिनको क्षतिपूर्ति हुनुपर्ने बताए। संस्थागत निर्णय गरेर बिदा दिनु नयाँ अभ्यास नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।