0 COMMENTS

रुपन्देही, असार १ /संघीय राज्य संचालनमा आएको डेढ वर्ष पनि नहुँदै यस ब्यवस्थाविरुध्द बिभिन्न संगठनहरु सक्रिय हुन थालेको पाइन्छ । आजभोलि राजतन्त्र पक्षधर समूह विभिन्न नामले संगठन गर्दै हिंडेको पनि पाइन्छ। यस्ता संगठन मध्ये एक हो शिव सेना नेपाल ।

शिव सेना नेपाल रुपन्देहीले “घर घर राजा, हर घर राजा ” अभियानलाई निरन्तरता दिंदै २०७६ जेठ ३२ गते रोहिणी गां. पा. वार्ड नं. ३ मा पूर्व राजारानीको फोटो र राष्ट्रिय झण्डा घर चोकमा झुण्ड्याउने, वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको बताएको छ ।

उक्त कार्यक्रम शिव सेना नेपाल रुपन्देहीका अध्यक्ष बिपीन मल्लिक, नवलपरासीका अध्यक्ष उपेन्द्र गौतम, रुपन्देहीका कोषाध्यक्ष सुमन सिंह ठकुरी, जिल्ला सदस्य राकेश राज राजभण्डारी, रोहिणी गाउँ कमिटी अध्यक्ष राजेन्द्र ठाकुरलगायतको नेतृत्व मा करीब ४०/४५ जनाको समूहले स्थानीय १२५ घर परिवारलाई पूर्व राजारानीको फोटो वितरण गरेको बताएको छ ।

पूर्व राजारानी र राष्ट्रिय झण्डा वितरण गर्ने कार्यक्रम थाहा पाएर उक्त वार्डका बासिन्दाहरु उत्साहित भएर भेला भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।