0 COMMENTS

काठमाण्डाै३२जेष्ठ/  जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको पुष्टि गरे । बम विस्फोटको घटना भएको २४ घण्टा नबित्दै ४ जनाको ज्यान गएको थियो ।

बम विस्फोटमा ज्यान गुमाउनेहरुमा परी नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए । श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् ।[view_video url=”KHN3iXRuLvY”]

सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।