0 COMMENTS

प्रतिभा भट्टराइ,३०जेष्ठ/तारकेश्वर नगरपालिका वडा नं ६ काे आर्थिक सहयोगमा नर्थ काठमाडौं विकास अभियानले सञ्चालन गरेको फोहोरको दिगो व्यवस्थापन प्रयोगात्मक तथा परिणाममुखी कार्यक्रम यही जेठ २६ गते देखि सुरु भई तीन दिन सम्म हरेक दिन प्रत्येक घर बाट निस्कने फोहरलाई सही व्यवस्था पन गरी खण्डिकरण भएका साना जमीन तथा कौसी खेती का लागि उपयोग गरी लाभ लिन सकिने विधि हरु बारे छलफल गरी समापन गरियो।

उक्त कार्यक्रममा सहभागी हरुलाई आफूले घरबाट निस्केको फोहोरहरु लाई कसरी व्यवस्थापन गर्नु हुन्छ भनी सोधिएका प्रश्न मा प्राय धेरै का जवाफ मल बनाउने, खोलातिर लगेर फाल्ने अनि बाल्ने रहेको थियो जून ,तरिका मिलाएर मल बनाइ खेत बारीमा प्रयोग गर्नु अति उत्तमअनि बाल्नु र फाल्नु, मानवीय स्वास्थका लागि अत्यन्त हानिकारक हुने वा हाल धेरै सुनिने मस्तिष्क रोग तथा युवतीहरुमा देखिने बाँझोपन मा यसले असर गर्नेकुरा पनि प्रशिक्षक दीपक लोहनीलेले बताएका थिए।

६० जना सहभागी हरु रहेको यो तालिममा गन्ध नआउने गरी हड्डी, खोया तथा कोया समेत सजिलै गलाउन सकिने प्रविधि पनि सिकाइएको थियो। सा: गा प्रविधि काे नामले परिचित उक्त प्रविधिको प्रयोग गरी घरमै तरकारी फलाउन सके हरेक दिन सबैलाई नभै नहुने तरकारीमा राखिने गरेको विषादीका कारण मानिसका भित्री अङ्ग हरुमा बिस्तारै असर पर्दै जाने कुरा जान्दा जान्दै पनि बाध्य भई किन्नु पर्ने अवस्थामा केही राहत पुग्न सक्ने देखिन्छ। वडा अध्यक्ष मधु कार्की काे प्रमुख आतिथ्य तथा नर्थ काठमाडौं विकास अभियान का अध्यक्ष सुनिल बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा मल बनाउन सहज हुने सामग्री पनि वितरण गरिएको थियो भने १५ दिन पछि सहभागी हरूले सिकेका कुराहरू को प्रयोग कसरी गरेका छन भनेर अवलोकन तथा मूल्याङ्कन गरिने कुरा पनि आयोजकले वताएका थिए। यो तालिम महांकाल स्थित रिभर साइड रेस्टुरेन्ट को हल मा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।