0 COMMENTS

ललितपुर,२९जेष्ठ/पूर्व उप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलेभारतबाट उद्दार भएर आएका महिलाहरुकोजिवकोपार्जनका लागि सानो पाइलाकोसहयोगमा सञ्चालित कास्यकोशुभारम्भ गरेका छन्।

नेता श्रेष्ठले यसप्रकारको सामाजिक अवधारणा अन्य क्षेत्रमा समेत आवश्यक रहेको बताए। उनलेसानोपाइलाकोयोयोजनालेमहिलाहरुलाई आत्मनिर्भरकोनयाँआयाम खोलेकोबताए। उनलेकास्यलाई योअवस्थासम्म ल्याउन सानोपाइलाकोसर्घष उल्लेखनिय भएकोबताए। नेता श्रेष्ठले माया भावले सामाजिक उद्देश्यका लागि गरिने ब्यवसायले देशमा सामाजिक रुपातन्तरण सम्भव भएकोबताए।

सानो पाइलाले सन २०१३÷२०१४मा भारतीय सर्कसमा जोखिमपूर्ण अवस्थाबाट काम गरिरहेका नेपाली बालबालिका तथा युवाहरुको उद्दार गरेको थियो। यस्तै भारतमा बेचिएका महिलाहरुकोउद्दार गरेकोथियो। भारतबाट उद्दारपछि नेपाल ल्याईएका उनीहरुमध्ये धेरैलाई घरपरिवारकैजिम्मा लगाईयो। केही बालबालिकालेसर्कस काठमाडौंलाई नयाँउचाईमा पुर्याए। तर, केही युवाहरु परिवारबाट अस्विकार्य भए। ती युवाहरुलाई उनीहरुकै इच्छा र सहमति अनुसार

ज्वैलरीको सीप सिखाएर हिमालयन ज्वेलरी परियोजना सञ्चालन गरिएको थियो। उनीहरुले ज्वैलरी मार्फत आफ्नो मनमा रहेको भावना, खुसि, पीडा त्यसयता पोखी रहेका छन्। यही नै उनीहरुको जीविका चलाउने माध्यम भएको छ। आज २०१९ मा यी विशेष महिलाहरुका लागि, कास्य नामक कम्पनी उनीहरुकैस्वामित्व हुनेगरि सुरुवात भएकोछ।

कर्यक्रममा बोल्दैमहिला अधिकारकर्मी ल्हामुयोञ्जन शेर्पालेमहिला अधिकारको एउटा बिषय उनीहरुको आत्मनिर्भर पनि रहेको बताईन। उनले कास्यले यसमा कार्यरत महिलाको मात्र होइन समग्र महिलाहरुकोप्रतिनिधित्व गरेकोबताईन। सानो पाइलाका संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृ त कञ्चन झाले यो परियोजना नेपाली सामुदायिक संस्थाहरुका लागि उदाहरण भएको बताए। उनले कास्यको आर्जनले आवश्यक बालबालिका तथा समुदायकोसहयोगमा खर्च गरिनेस्पष्ट पारे। उनले यही मोडलमा सानो पाइलालेअघि बढाएकोकाठमाडौं सर्कस जस्तैकास्यले पनि नयाँ उचाई लिनेविश्वास ब्यक्त गरे।

परिवारमा पूर्नमिलन नभएका, परिवारले स्विकार नगरेका र फरक शारिरीक क्षमता भएका केही युवतीहरु सानो पाइलामैरहनुभयो। उहाँहरुलाई त्यसैपालेर राख्नसक्नेसमाथ्र्य हामीसँग थिएन र छैन पनि। उहाँहरुले केही सीप सिकेर अघि बढने निर्णय गर्नु भएकोरहेछ। यसका लागि ज्वैलरीको सीप उत्तम थियो। यहीक्रममा हिमालयन ज्वैलरी जन्मियो। तर परियोजनाका रुपमा हिमालयन ज्वैलरी अघि बढन सकेन। अब यसलाई बन्द गर्ने अवस्थामा हामी पुगेका  थियौं। हिमालयन ज्वैलरीसँगैकेही युवायुवतीकोहातमुख जोड्नेमाध्यम पनि बन्द हुनेथियो।

सानो पाइला र यसका सहयोगी तथा शुभचिन्तक यही बिषयमा निकै बिचार बिर्मसपछि कास्यकोसोच जन्मियो। कास्यलाई सामाजिक नाफा मुलक संस्थाका रुपमा स्थापितगर्ने योजना अनुसार आज हामी यहाँभेला भएका छौं। कास्यले आर्जनगर्ने मुनाफाको निश्चित हिस्सा यसका सक्रिय सदस्यले पाउनेछन्। यस्तै
यहाँबाट आर्जिक रकम समुदायकोसेवामा खर्च हुनेछ। यो नेपालको समुदायिक संस्थाका हकमा एउटा नविनतम परिक्षण पनि हो। आशा छ, यो
स्विकार्य र सर्वसहमत नयाँयुगकोआत्मनिर्भर समुदायकोब्यापार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।