0 COMMENTS

काठमाडौँ २३जेष्ठ/ बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा वृद्धि हुँदा नेपालमा पनि त्यसको असर परेको व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार फाइन गुणस्तरको सुनमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ६२ हजार ३ सय रुपैयाँमा खरिद विक्री भएको छ ।

तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर ६२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी भने बुधबारको तुलनामा ५ रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ प्रति तोला कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।