0 COMMENTS

काठमाण्डाै२२जेष्ठ/  इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार बाडँफाँड भएको छ । आईपिओ १९ दशमलव ११ प्रतिशत अर्थात ६२ हजार ९ सय ९३ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन्।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको छ ।

इन्फिनिटी लघुवित्तको आईपिओमा कूल ३ लाख २९ हजार ७०६ वटा आवेदनबाट कूल ६९ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ६९ लाख ४७ हजार १५० कित्ताको आवेदन परेको थियो । जुन सर्वसाधारणमा निष्काशन भएको शेयरको ११.०३ गुणा बढी हो ।

कूल आवेदनमध्ये ६२७ वटा आवेदनबाट परेको १७ हजार २४० कित्ता शेयरको माग रद्ध भएको छ भने ३ लाख २९ हजार ७९ वटा आवेदनबाट परेको ६९ लाख २९ हजार ९१० कित्ताको आवेदन सदर भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।