0 COMMENTS

काठमाडौं२२, जेठ /अघिल्लो दिन ६१ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ३ सय रुपैयाँ बढेर ६२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागेको नेपाल सुुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ।

बजेटपछि ६ दिनको अवधिमा सुन प्रतितोला २५ सय रुपैयाँले बृद्धि भएको छ। चाँदीको मूल्यमा भने सामान्य घटबढमात्र देखिएको छ। बजेट यता ६ दिनमा चाँदी तोलामा १५ रुपैयाँ बढेको छ।

हिजो प्रतितोला ७ सय १० रुपैैयाँमा कारोबार भएको चाँदी आज ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।