0 COMMENTS

सिरहा १०जेष्ठ/ सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मिर्चैयाको प्रयागपुर चोकमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।

झापाबाट काठमाडौंका लागि छुटेको ना ८ ख ९८२ नम्बरको प्राइम बस र पूर्व जाँदै गरेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा दुईको जनाको मृत्यु भएको र २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छन्।घटनास्थलमै एक जनाको र एकको उपचारका क्रममा निधन भएपनि परिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।