0 COMMENTS

राजापुर०८जेठ / बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

गए राति ११ बजे दुर्घटना भएको थियो । उपचारका क्रममा उनको नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा आएका थिए । उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।