पाँचथरमा गएराति २ परिवारका ९ जनाकाे विभत्स हत्या

2019-05-21   अपराध

काठमाडौँ ०७जेष्ठ/ पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते अवस्थामा छन् ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज लिम्बु, २६ वर्षीया मनकुमारी लिम्बु, छ वर्षीया इक्सा लिम्बु, १३ वर्षीया योवना लिम्बु, आठ वर्षीया मुना लिम्बु, ७४ वर्षीय बमबहादुर लिम्बु, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

मुखुण्डो लगाएर आएको समूहले हत्या गरेकाे जनाइएकाे छ । घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको तर इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली अभैँ पुग्न सकेकाे छैन् ।