0 COMMENTS

काठमाडौं ०७जेष्ठ/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्था(आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ ।[view_video url=”ZJprobe87no”]

प्रवक्ता श्रेष्ठले सोमबार पेसागत महासंघको २५ औं स्थापना दिवसमा आइएनजिओले मुलुकमा विकास गर्न नसक्ने उल्लेख गर्नुभयो । ‘आइएनजिओले राष्ट्रियता र विकासमा योगदान गर्न सक्दैनन्’ उहाँले भन्नुभयो, ‘पारदर्शी ढंगले चलेका र जनतासँग प्रत्यक्ष जोडिएका बाहेक अन्य आइएनजिओ बन्द गर्नुपर्छ ।’

नेता श्रेष्ठले नेकपा संसदमा पेश भएको नागरिकता सम्बन्धी विधेयक हुबहु पास गर्ने पक्षमा नभएको प्रष्ट्याउनु भयो । ‘विधेयक हुबहु पास हुन्न ’ उहाँले भन्नुभयो ‘विधेयक राष्ट्रको हितअनुरुप बनाउनेबारे पार्टीमा छलफल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।