0 COMMENTS

काठमाण्डाै२६बैशाख/ गुराँस लघुवित्तले बैशाख १६ गते देखि निष्कासनमा ल्याएको आईपिओ अाज बैशाख २६ गते बिहीबार बाँडफाँड हुने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ बिहीबार बाँडफाँड गर्ने भएको हो ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटका अनुसार लघुवित्तको आईपिओ २० गुणा अधिक आवेदन परेको छ ।लघुवित्तले सर्वसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता शेयर निष्काशन गरेकोमा ४५ लाख ४८ हजार कित्ता शेयर माग भएको हो । आईपिओमा दुई लाख ४२ हजार ६०० जनाले आवेदन गरेका छ ।

लघुवित्तले कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयरमा सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।