0 COMMENTS

काठमाण्डाै, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था (Ganapati) को साधारण शेयर (आईपिओ) वैशाख २० गते शुक्रबार बाँडफाँड हुने भएको छ। मंगलबार प्रि अलोटमेण्ट सम्पन्न गरेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँड हुने जनाएको छ।

लघुवित्तको साधारण शेयरमा ३ लाख २९ हजार बढीले आवेदन गरेका छन्। आईपिओमा २१.५६ गुुणाभन्दा बढी अर्थात ६७ लाख ४९ हजार ३३० कित्ताको आवेदन परेको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गणपतिको आईपिओ ३१ हजार ३०७ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने भाग्यशाली ५ आवेदकले थप १ कित्ता गरि ११ कित्ता हात पार्नेछन्।

यसअनुसार दुई लाख ९७ हजार ७०० बढी आवेदकको हात खाली हुनेछ । प्रतिशतको आधारमा हेर्दा ९.५१ प्रतिशत आवेदकले गोलाप्रथाबाट शेयर हात पार्नेछन् भने ९०.४९ प्रतिशतले शेयर नपाउने देखिन्छ।

कम्पनीले बैशाख ९ देखि १२ गतेसम्म सर्वसाधारणमा ३ लाख १३ हजार ७५ कित्ता आईपिओ बिक्री खुला गरेको थियो। कूल ३ लाख ३५ हजार कित्ता निष्काशन गरेमध्ये ५ हजार १६७ कित्ता लघुवित्तका कर्मचारीहरु र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई आरक्षण गरिएको थियो।

उक्त आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था थियो।गणपतिले जारी पुँजीको ३२.३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गरेको हो ।केयर रेटिङ नेपालले लघुवित्तको आईपिओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६४ पैसा पुग्ने विवरणपत्रमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म कम्पनीले प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६० पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५३ पैसा पुग्ने प्रक्षेपण छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुलेगैडामा केन्द्रीय कार्यालय रहेको गणपतिले २०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोबार सुर गरेको थियो। यस अवधिमा कम्पनीले २८ वटा शाखा कार्यालय मार्फत १४ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।