0 COMMENTS

काठमाण्डाै,  साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको साधारण शेयर उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका बमोजिम उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा शेयर बाँडफाँड गरिएको हो ।

साञ्जेन जलविद्युत बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेन जलविद्युत कम्पनीको शेयरमा १० कित्ताका लागि आवेदन गरेका ५९ हजार ४५५ जना आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ ।

२० देखि २ हजार कित्तासम्म आवेदन गर्ने २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार ३२८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्ताका दरले शेयर पाएका छन् । ८.७७ प्रतिशत अर्थात २० हजार ११४ आवेदकले थप १० कित्ता शेयर प्राप्त गर्न सकेनन्।

साञ्जेनको आईपिओमा सबै सदर आवेदक २ लाख ८८ हजार ७९७ जना आवेदकलाई १० कित्ताका दरले समानुपातिक रुपमा २८ लाख ८८ हजार ९७० कित्ता शेयर बाँडफाँड गरिएको हो । बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता शेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने २ लाख ९ हजार ३२८ जना लगानीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ताका दरले वितरण गरिएको हो।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेनको आईपिओमा कूल एक करोड ३८ लाख ६९ हजार ७३० कित्ता शेयरको माग भएको थियो । ३ लाख ५९७ आवेदनबाट २.७८ गुणा बढी शेयर माग भएको हो ।आईपिओमा आवेदन गरेर विविध कारणले ११ हजार ७०० वटा आवेदनबाट परेको ८ लाख ७३ हजार ५१० कित्ता रद्ध भएको छ भने २ लाख ८८ हजार ८९७ आवेदनबाट परेको एक करोड २९ लाख ९६ हजार २२० कित्ताको आवेदन सदर भएको थियो।

साञ्जेनले सर्वसाधारणहरुबाट ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको थियो। कूल ५४ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा २ लाख १९ हजार कित्ता जलविद्युत कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।