0 COMMENTS

काठमाण्डाै१७बैशाख/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले  छताछुल्ल भैरहेको आरोप लगाएका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘त्यही भएर जनताले अहिले कांग्रेसीहरु तिमीहरु कहाँ छौं ? भनेर आक्रोश पोखिरहेका छन् ।’

मुलुकनै सञ्चालन गरेको त्योपनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ मिलाएबापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ । उनले भने,‘मैले सुनेको चाहीँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’
ललिता निवासलाई मोही कायम गर्न लाखौं÷करोडौं खर्चिएका भूमाफीयाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि उनले स्पष्ट पारे । विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको अर्को गम्भिर आरोप लगाए । उनले भने,‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’ नैतिकताको आधारमा पनि विष्णु पौडेलले यो प्रकरणमा राजीनामा दिनुपर्ने उनको भनाई छ । उनले भने,‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’ समाजको रोल मोडल भएकोले विष्णु पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने पनि विश्वकर्माले माग गरे ।

उक्त ललिता निवासको जग्गा प्रकरणमा वर्तमान सरकारले हिजोबाट एक्कासी आफ्नो तातो खरानी प्रतिपक्षी दलतर्फ फालेको पनि उनले आरोप लगाए । उनले भने,‘यसभन्दा अघिपनि ३३ केजी सुन तस्करी प्रकरणमा अनुहार हेर्दा आफ्नै मान्छे परेपछि ओलीजीले बाजेको सेकुवा बन्द गराउनुभयो । यो सरकार अपराधीकरणलाई संरक्षण गर्नेतर्फ लागेको छ।’ उनले यो जग्गा प्रकरणमा यदि कृष्णप्रसाद भट्टराईपनि दोषी भए मरणोपरान्त दण्ड, सजाय गर्नुपर्ने बताए । उनले भने,‘किसुनजी, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन
गरियोस् ।’

आफ्नो पार्टीका सभापति एवम् संसदीय दलका नेता देउवाले वार्डडबडी काण्डमा पनि ठूलो दृढ विश्वासका साथ उक्त प्रकरणमा संलग्नलाई कारबाही होस भनेर आवाज उठाउँदा उनीमाथि नै हिलो छ्याप्ने काम भएको विश्वकर्माले स्मरण गराए । उनले भने,‘अहिलेपनि सरकारले आनन्दको महशुस गर्नको लागि षड्यन्त्र र कुचेष्टा गरेको छ । देउवामाथि जसले आरोप लगाएका छन्, यसभन्दा अघिका आरोपितहरुले एकछिन सास फेर्ने कुचेष्टा मात्रै गरेका हुन् ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।