त्यो अर्थहीन पलाँसःप्रतिभा भट्टराइ

 ऋतु राजको साथ पाएर आफ्नो धर्म निर्वाह गर्न हरेक वर्ष आफू वरिपरिका बिरुवा हरुलाई समेत सुन्दर बनाउँदै विना पातबोटै भरी फुल्ने सुन्दर फूल भए पनि कुनै काममा प्रयोग नहुने अनि सुगन्ध हिन पलाँस निकै ठुलो रुखमा फुल्ने भएकोले कसैको मोबाइल काे सेल्फी मा पनि अटाउन नसके झैं उस्को फुलाई सँगै मैले गर्ने कसैको याद पनि अर्थ हिन छ भनेर जान्दा जान्दै पनि खै किन प्रत्येक वर्ष घरै अगाडि बसन्तमा पलाँस फुलिदिँदा त्यो क्षण को स्मरण गराउने रहेछ।

लामो समयसम्म घर नजीकैको स्कूल पढेकी लेअलि टाढा काे कलेज जान पाउँदा मन नरमाउने कुरै थिएन। नयाँ साथी, नयाँ परिवेश अनि नयाँ विषयवस्तुको अध्यन ले खुसी साथ बितिरहेका दिनहरूमा भूगोल विषयको फिल्ड वर्क काे लागि इलाम लगिने कुरा ले हामी सबै साथीहरुको खुसी झनै बढेको अनुभव गर्न सकिन्थ्यो। कहिले कसैको, कहिले कसैको नमिल्ने हो कि जस्तो हुँदा हुँदै पनि अन्तमा सबैले आफ्नो आफ्नो परिस्थिति मिलाई एउटा दिन तय गरेर हामी नयाँ बसपार्क बाट ३ बजे तिर गाडी चढेेका थियौं।

साथीहरू सँग को पहिलो यात्रा अनि आफूले भूगोल विषयमा अध्ययन गरेका प्राकृतिक बनोट हरुको सुक्ष्म अवलोकन गर्दै कहिले गफमा र कहिले गीत मा रमाउँदै गर्दा रात परिसकेको थाहै भएनछअनि गाडी एउटा परिचित स्थानमा रोकिनपुगेकोले रोकिएको गाडी सँगै मेरी मिल्ने साथी ले तिमीलाई थाहा छ ? उ अहिले यतै छ नी ,यहाँ हामीलाई भेट्न आउने रे भनेकीले मेरो मन चिसो भएको पनि थियो। अनि चिसिएको मन थामिन नपाउँदै देखिएको उस्को आगमनले सपना हो कि विपना भनेर अल्मलिएकी म उसले सबैतिर आँखा लगाएर कसैलाई खोजे जस्तो गरेको देखे पछी एउटी साथीको आड लिएर लुकिदिएकी थिएँ। अझै उस्ले ऊ खै त भनेर सोधेको सुनेपछि आफैलाई सोधेको हो कि भन्ने लागेर झन् लुक्न मन लागेको पनि थियो। यतिकैमा मेरी बाठी साथीले उसलाई सोधेकी थिई काे ऊ? बिना कि सम्झना? सबै यहीं छन् त।उस्लाई पनि उसले सोधेकी उ काे हो भनेर राम्रै थाहा थियो।

त्यसपछि करैले सायद उसले मेरो नाम लिएको सुने पछि भने मैले आफूलाई लुकाई रहन सकिन र शिर उठाएर उस्लाई हेर्दा जुधेका आँखा हरुलाई धेरै बेर टिकाई रहन पनि सकिन अनि अनुहार रातो र तातो पार्दै बाहिर हेर्न पुग्दा गाडीको लाइट बाट देखिएको रातै भएर बोटै भरी ढकमक्क फुलेको पलाँस मेरो आँखामा मजाले टाँसियो र हरेक पल्ट आँखा बन्द गर्दा देखिने पनि भयो ।अनि जब पहिलो पटक पलाँसको फुल देखें तब अझै विभिन्न रङका यी फूलहरूले यात्रा रमणीय बनाइ रहेको पनि थियो। त्यसपछि हरेक साल कहीं न कहीं देखिने पलाँस को फूल आज भोलि आफ्नै घर अगाडि वसन्त मा फक्रँदा यो पुस्प सँगै मैले गर्ने उस्को स्मरण न उस्लाई थाहा हुन्छ न उस्ले पनि गर्छ। फुलेर पनि कुनै मन्दिरमा सजिन नपाएको पलाँस जस्तै।सँगी हरु सँगको कुराकानी मा आधारित।