0 COMMENTS

 नमराज भट्ट काठमाडौ १४बैशाख/ हेल्थ असिस्टेन्ट संघ नेपाल द्वारा स्वास्थ्य सेवाका कर्मचारी समायोजन ,चुनौती, समाधानका उपाय बिषयक अन्तर्कृया कार्यक्रम शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको तालिम हलमा सफलताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम हेल्थ असिस्टेन्ट संघका अध्यक्ष दाता राम अधिकारीको अध्यक्षतामा सप्पन्न भएको थियो भने प्रमुख अथिती माननीय अन्जना विशंखे थिए ।कार्यक्रममा दाता राम अधिकारीले स्वास्थ्य सेवाका कर्मचारीको प्रक्रिया ,हालको स्वास्थ्यका कर्मचारीहरुको अव्यवस्थित समायोजनबाट स्वास्थ्य क्षेत्रमा पर्न सक्ने अल्पकालीन र दीर्घकालीन असर र त्यसको समाधानका उपाय्हरु समेत प्रकाश पार्नुभएको थियो। स्वास्थ्य सेवा बिशिष्टीकृत सेवा भएकोले प्रसासन सेवाकै कर्मचारीलाई झै सङ्ग अन्तर्गत राखी काम काजको लागि खटाउन उपयुक्त हुने प्रशासन कर्मचारी सरह प्रदेश र स्थानीय तहमा समायोजन हुँदा एक तह माथि समायोजन गर उपयुक्त हुने र यसले गर्दा समायोजन भएका कर्मचारीले उच्च मनोबलका साथ कार्य गर्ने बाताबरण हुने थियो। माननीय अन्जना विशखेले स्वास्थ्य क्षेत्र अत्यधिक विशिस्ट र अनुशाषित क्षेत्र भएकाले हाल समायोजनले उत्पन्न समस्या सङ्गठन संरचनाले ल्याएको तथा स्वास्थ्यका सम्पुर्ण सङ्गठन एक भइ एजेन्डा एकीकृत गर्न नसक्नुको कारण हो ।

यसका लागि सबै एकजुट भइ एजेन्डामा एकमत भई सरकार सङ्ग समाधान उपायका लागि लाग्नुपर्ने धारण राख्नुभएको थियो।यस्ता अन्तर्कृया कार्यक्रमको निरन्तरता आवश्यक भएको र सोको समन्वयको भुमिका आफै गर्न तयार समेत भएको जानकारी गराउनु भयो। अधिकारी ट्रेड युनियनका अध्यक्ष पुर्ण प्रसाद ढकालले स्वास्थ्यका कर्मचारीको समायोजनका लागि जुन संगठन संरचना अनुसार फारम भर्न लगाएको थियो सोही बमोजिम समायोजन गर्नुपर्ने र त्यसो गरेमा समायोजन देखिएको समस्या समाधान हुने र समाधानका लागि अधिकारिक ट्रेड युनियनले नेतृत्व गरि सरकार सङ्ग छलफल र सम्बाद बाट सबै कर्मचारीको मनोबल उच्च हुने किसिमले वातावरण सृजना हुने दावी गर्नुभएको थियो ।

यस्ता कार्यक्रममा उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्रीलाई र स्वास्थ्य सचीव लगायत समायोजनमा खटिनु भएका नेतृत्वलाई आमन्त्रण गर्दा पनि उपस्तिथि नहुनु गैह्र जिम्मेवार भएको र समस्या समाधान गर्न पनि संबेदनसिल नभएको आरोप लगाएका थिए ।यस्ता कार्यक्रमलाई निरन्तरता दिई छिट्टै अर्को अन्तर्कृया गरि समस्या समाधानतर्फ आफुहरु लागिपर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।यस्ता क्रियाशिल ट्रेड युनियनका अध्यक्ष लगायत पेशागत संघका अध्यक्षहरुले पनि संगठन संरचना समस्या रहेको संसोधन नगरी समाधान नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।