0 COMMENTS

काठमाण्डाै१२बैशाख/नेपाल फार्मेसी काउन्सिलमा आठ महिना देखि पनि रजिष्टार नियुक्ति हुन सकेको छैन । मन्त्रिपरिषदको निर्णयवाट हुने रजिष्टार नियुक्ति आठ महिना बित्दा पनि नियुक्ति हुन नसकेकोले काउन्सिलको काम पर्वाहित भएको छ भने नेपाल फार्मेसी काउन्सिलले वि. स. २०७५ /९ /२८ मा लिएको १२ औ नाम दर्ता परिक्षाको नाम दर्ता प्रमाणपत्रमा रेजिस्टरारको सहि नभएर , प्रमाणपत्र परिक्षामा सफलता हासिल गर्नेको हातमा प्रमाण पत्र पर्न सकेको छैन। १२ औ नाम दर्ता परिक्षामा फार्मेसी सहायक तर्फ़बाट५३२ जन परिक्षमा सहभागी भएका थिए भने फर्मासिस्ट तर्फ५५२ जना सहभागीता जनाएका थिए।

उक्त परीक्षामा २०१ जना फार्मेसिस्ट र ११३ जना फार्मेसी सहायकले सफलता हासिल पारेका थिए। काउन्सिलको एक जना कर्मचारीले टेलिफोन मार्फत सम्पर्क गरेर समस्याको बारेमा जानकारी लिदा मन्त्रिपरिसदको निर्णय नभएसम्म रजिस्टार नियुक्ति नहुन सक्ने बताउनु भयो।

उहा अनुसार पहिला औसधि ब्यबस्था विभागले अस्थाई प्रमाण पत्रले पनि फार्मेसी दर्ता गर्न अनुमति दिन्थ्यो भने अहिले विभागले त्यसरी मानेको छैन। यता परिक्षा दिएर बसेका फार्मेसिस्ट र फार्मेसी सहायकहरु ले परिक्षापछि ४५ दिनमा पाउनु पर्ने प्रमाण पत्र १२० दिन भन्दा बढी दिन बित्दा पनि पाउन नसकेकोमा अक्रोसित छन्। ” नेपालमा अहिले फार्मेसिस्टको चरम अभाव छ ,सबैलाई थाहा भएकै कुरा हो। औसधि व्यवस्था विभागले पनि कर्मचारीको अभावकै कारण मुलुकमा गैर कानुनी रुपमा फार्मेसीहरु सन्चालनमा रहेको र अनुगमन गर्न गाह्रो भएको बताउछ। तर दर्ता प्रमाणपत्र पाउनै गार्हो छ। १२ औ नाम दर्ता परिक्षा पछि १३ औ परिक्षा सम्पन्न भएर रिजल्ट आईसक्दा पनि १२ औ प्रमाणपत्र नपाउनु आफैमा सारै दुखद छ।

औसधिका विज्ञहरु बेरोजगार भएर बसेका छन तर जिम्मा लिने यहाँ कोइ छैनन्।औसधिमा जनाताको सहज पहुचको लागि नेपाल भरी फार्मेसिस्ट सहित फार्मेसी परास्त हुनुपर्छ र औसधिमा जनताको सहज पहुच सरकारले सुनिश्चित गर्नुपर्छ। स्वास्थ्य नागरिक भए मात्र स्वास्थ राष्ट्र को परिकल्पना गर्न सकिन्छ ” भनि क्लिनिकल फार्मेसिस्ट डा.इमदाद हुसैन खान ले बताउछन्। औसधि जस्तो संबेदनसिल वस्तुलाई हेर्ने फार्मेसिस्ट हरुलाई छिटै दर्ता प्रमाण पत्र दिएर रोजगारीको पनि सिर्जना गर्नु पर्ने मा डा.अनिल कुमार सिंह ले जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।