0 COMMENTS

चितवन०७बैशाख/ पूर्वी चितवनको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६३ प ६५२४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–३ शान्तिचोकमा रोकिराखेको ना ६ ख ११७५ नम्बरको ट्रकमा राति १० बजे ठोक्किँदा एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालिका नगरपालिका–४ पदमपुरका ३० वर्षीय रामजी महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै, राप्ती नगरपालिका–१ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ९ प ९९३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मक्वानपुर काकँडा–५ का २७ वर्षीय गोपीलाल स्याङतानको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।