0 COMMENTS

प्रतिभा भट्टराइ,०६बैशाख/बर्षको अन्तिम पूर्णिमा तथा चैत्र शुक्ल पूर्णिमा लाई बालाजु पूर्णिमा वा ल्हुति पुन्हि पनि भनिन्छ। हिन्दू धर्ममा आस्था राख्ने अनि बौद्ध धर्ममा आस्था राख्ने दुवैको लागि विशेष महत्व बोकेको यो पूर्णिमा मा नागार्जुनको फेदीमा अवस्थित बालाजुको बाइसधारामा मेला पनि लाग्ने गर्दछ।१८ औँ शताब्दी मा कान्तिपुरका अन्तिम राजा जय प्रकाश मल्लको पालामा स्थापना गरिएको २१ वटा धारा मा वि सं १८५५ मा राजा रणबहादुर शाहले एउटा ठूलो ढुङ्गे धारा स्थापना गरे पछि २२ वटा भएको विश्वास गरिने उक्त धाराहरूको स्नान गर्दा छाला सम्बन्धी समस्या हरु समाधान हुने र पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। यसैदिन गुह्येश्वरी, मनमैजु अनि नुवाकोट देवीघाट को पनि जात्रा हुने गर्दछ।

नागार्जुनको जङ्गलमा ल्हुती नामको एक फल फल्ने र त्यही फलको रस उक्त २२ धारामा आउने र सो जलले स्नान गरी त्यहाँ रहेकी भगवतीको दर्शन गर्नाले सुख ,शान्ति ,समृद्धि प्राप्त हुने जनविश्वास रहे अनुरुप हिन्दू हरुसितला माई, गुह्येश्वरी भगवती तथा मनमैजु को दर्शन गर्दछन भने बौद्ध हरु स्वयम्भू, तथा नागार्जुनको सिरमा रहेको जामाचो स्थित बुद्ध को दर्शन गरी मृत आत्माको शान्तिको लागि दीप प्रज्वलन पनि गर्दछन। वसन्तको आगमनले बिरुवाहरूमा पलाएका पालुवा र ढकमक्क फुलेका लालीगुराँस हरूले साथीभाईहरु सँग को हाइकिङ अनि परिवार सँग काे रमाइलो काे लागि उत्तम गन्तव्य मान्न सकिने जमाचो डाँडाबाट काठमाडौं लाई नियाल्नुको मजा पनि बेग्लै हुने गर्दछ । बाइसधारा सँगै रहेकी मन्नादी भगवतीको जन्म दिन पनि मानिने यो दिनमा नुवाकोटबाट कडेल्चोक भगवती लाई पैदल यात्रा गरी ल्याएर भेट गराउने गरेको पनि पाइन्छ।

भानुभक्त आचार्य ले आफ्ना रचना मा पनि बयान गरेको पाइने बालाजुकाे रमणीय पार्क भित्र लाग्ने यो मेलामा, धार्मिक प्रयोजन, मनोरञ्जन तथा व्यापार प्रवर्द्धनका लागि पनि निकै मानिसहरू आउने गर्दछन भने हजारौंको संख्यामा भित्रिने मानिसहरूको व्यवस्थापनको लागि विभिन्न संघ संस्था हरु लागि परेको पनि देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।