0 COMMENTS

काठमाडौं०६बैशाख/ रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर आवेदन खुलेको छ । दुबै कम्पनीको शुक्रवारबाट साधरण सेयर विक्री शुरु भएको हो ।

सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सेयर निष्काशन गरेको हो ।शुक्रवार सभामुख कृष्णबहादुर महराले सेयर आवेदन दिएर यसको सुरुवात गरेका हुन् । महराले १ लाख रुपैयाँ बराबरको १ हजार कित्ता रसुवागढीमा र ५० हजारको ५ सय कित्ता सान्जेनका लागि आवेदन दिएका हुन् ।

महरा पत्नी सिता महराले १ लाख रुपैया (१००० कित्ता रसुवागढीमा) र ५० हजारको (५ सय कित्ता सान्जेनमा), उर्जामन्त्री वर्षमान पुनले पनि १ लाख रुपैया (१००० कित्ता रसुवागढीमा ) र ५० हजारको (५ सय कित्ता सान्जेनमा)० र पुर्व सभामुख ओनसरी घर्तीले पनि १ लाख रुपैयाको (१००० कित्ता रसुवागढीमा ) र ५० हजारको (५ सय कित्ता सान्जेनमा)शेयर आवेदन दिइन् ।

रसुवागढीले निर्माणधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सय रुपैयाँ अंकित १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेको छ ।

निष्कासन भएको मध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १ सय ५७ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता सेयर सर्वसाधरणको लागि छुट्याएको छ ।त्यस्तै सान्जेनले ४८ लाख ८२ हजार २ सय ५० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।