0 COMMENTS

प्रतिभा भट्टराइ२६चैत्र०७६,चैत्र शुक्ल पूर्णिमा लाई बालाजु पूर्णिमा तथा बाइसधारा मेला भनेर पनि चिनिन्छ भने यो दिन सम्पूर्ण हनुमान भक्तहरू हनुमान जयन्ती भएकोले विशेष पर्वको रूपमा व्रत, पूजा ,आराधना रामायण काे पाठ गरी नीकै हर्ष उल्लासका साथ मनाउने गर्दछन्।विभिन्न समयमा परिस्थितिको माग अनुरुप भगबानका अनेक रुपहरुको जन्म पृथ्वीमा भए सँगैधेरै उदेश्य पूरा गर्ने प्रयोजन अनुसारभगबान शंकरले लिनुभएको हनुमान को रूप मा लंका जलाउनु ,भगवान रामको अनन्य भक्ती गर्नु अनि माता अञ्जनिको भक्ति बाट प्रसन्न भई वर माग्न भन्दा भोले नाथ लाई नै आफ्नो पुत्र काे रूपमा पाउने इच्छा जाहेर गरेकिले सो पूरा गरिदिनु पनि थियो।

फरक फरक बार पूजा विधि र सामाग्री ले फरक फरक मनोबाञ्चित फल प्राप्त गर्न सकिनेजनविश्वास रहिआए अनुरुप फुस्रो सिन्दुर, लड्डु, पान, केरा, रातो चोला, सिन्दुरे रातो झण्डा अर्पण गर्दा नीकै प्रसन्न हुने उनलाई पिपलको पातमा रामको नाम लेखेर बनाएको माला पनिअति उत्तम मानिन्छ।मानिसको जीवनमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्नका लागी तथा शनिदेव को कृपा प्राप्त गर्न को लागि पनि हनुमानको आराधना गर्नु नीकै फलदायी रहन्छ।

मारुति, महावीर, बालाजी, पवनपुत्र, संकटमोचन आदि नामले पुकारिने हनुमान लाई विशेष गरी राम र सीताको विछोड पश्चात् पुनर्मिलन गराउने काम गरेका हुनाले आज पनि बिछोडिएका र हराएका व्यक्ति हरुको खोजीका लागि सच्चा मनले विश्वासका साथ विधिपूर्वक हनुमानको पूजा गर्नु उचित हुने विश्वास पनि समाजमा रही आएको छ। अष्ट चिरञ्जिवि मध्ये एक मानिने उनी अझै पनि जीवितै छन् भन्ने आस्था राख्दै उनको जन्म दिनमा रामायण काे सुन्दर काण्ड तथा हनुमान चालिसाको पाठ गर्नुलाई आफ्ना अप्ठ्यारा परिस्थितिसँग छुटकारा पाउनु हो भनेर पनि हिन्दु धर्ममा आस्था राख्ने हरु बताउँछन्। हनुमान स्वयं लाई पनिआफ्नो समुन्द्र पार गर्न सक्ने, लंका जलाउन सक्ने पर्वत उचाल्न सक्ने जस्ताक्षमता थाहा नभएको र अरू कसैले भनिदिए पछि मात्र आँट गर्दा सफलता मिले जस्तै हरेक मानिस भित्र पनि कुनै न कुनै क्षमता हुने तर पहिचान गर्न नसक्दा रुमल्लिने र कसैको साथ हौसला अनि प्रेरणा पाएँ अगाडि बढ्न सजीलो हुने तर जो कसैलाई हौसला र प्रेरणा दिने काम हरेकले गर्न नचाहने गरेकोपनि देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।