सुनको मूल्य ३ सयले घट्यो,चाँदीको मूल्य बढ्याे

2019-04-17   अर्थ

काठमाडौँ०४बैशाख/ सुनको मूल्य ३ सयले घटेको छ । साताको चौथो दिन बुधबार सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले घटेको हो । साथै चाँदी प्रति तोला ५ रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।