ब्याडमिन्टन खेलाडी ईरफानलाई पृती शोक

2019-04-17   खेलकुद

नेपालगन्ज,०४बैशाख/ ब्याडमिन्टन खेलाडी ईरफान अन्सारीलाई पृती शोक परेको छ । पाँच नम्बर प्रदेशमा आयोजित आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्ख घोराहीमा भईरहेको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पाँच नम्बर प्रदेशबाट सहभागिता जनाईरहेका खेलाडी अन्सारीका पिता नेपालगंज रामबाग निवासी मोहम्मद अहमद अन्सारीको गए राती निधन भएको छ ।

पिताकोको निधनको खवरले दुखित खेलाडी ईरफान आफ्नो खेल स्थगित गर्दै नेपालगंज फर्केका छन् । ७० बर्षका स्व. अन्सारी लामो समय देखि दम रोगले ग्रस्त रहेको पाँच नम्बर प्रदेशका प्रशिक्षक एवं अन्सारीका बारेमा जानकार जयन्त श्रेष्ठले बताए ।

पूर्व ब्याडमिन्टन खेलाडी समेत रहेका स्व. अन्सारीको निधनमा नेपाल ब्याडमिन्टन संघले शोक ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिका साथै शोक सन्तप्त खेलाडी तथा परिवारमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेको छ । खेलाडी तथा अफिसियलहरुले आजको खेल सुरु हुनु पूर्व १ मिनट मौन धारणका साथ ब्याडमिन्टन क्षेत्रमा डाक्टरको उपनामले परिचित स्व. अन्सारीको आत्माको चिर शान्तिको कामना गर्दै शोक ब्यक्त गरेका थिए ।पूर्व हेल्थ असिष्टेण्ट स्व. अन्सारीका ३ छोरा र २ छोरी रहेको प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी गराए ।