0 COMMENTS

काठमाडौं०४बैशाख/ मंगलबार बेलुकादेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा ठूलो हावाहुरीसहित वर्षा हुन सक्ने छ । “यो सामान्य अवस्था होइन,” मौसमविद् शान्ति कँडेलले भनिन्, “धेरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ । काठमाडौंसहित जुम्ला, सुर्खेत र पूर्वमा धनकुटासम्म मौसममा बदली देखिएको छ ।”

“यो असामान्य हो,” उनले मंगलबार बेलुका बाह्रखरीसँग कुरा गर्दै भनिन्, “बुधबार पनि आउने सम्भावना छ ।”

देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित चट्याङ तथा हुरी बतास र असिनासहितको वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् सुवास रिमालले पश्चिम तराईका दाङ, रुपन्देही, कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाए । उनको भनाइ थियो,‘‘डाउन विन्ड ब्रस्ट हुने सम्भावनाका कारण त्यस्तो अवस्था देखिएको हो । ’’ यसैगरी आज पनि असिनापानी सहितको हावाहुरीको सम्भावना रहेको र बिहीबार मेघ गर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाको भनाइ रहेको छ ।

यस्तो छ महाशाखाको बुलेटिन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।