मिस स्टेट विजयी सुन्दरी खेलाडी रमिला बस्नेत राष्ट्रिय खेलमा सहभागी

2019-04-17   खेलकुद

उदयपुर ०४बैशाख/ मिस स्टेट २०१८ मा १४ जिल्लाका सहभागीलाई पछि पार्दै एक नम्बर प्रदेशको ताज पहिरिन सफल रमिला बस्नेत ८ अाै राष्ट्रिय गेममा सहभागी भएकी हुन । उदयपुरको चाैदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थायी बासिन्दा बस्नेतले ह्यान्डबल खेलमा यसअघि पनि थुप्रैपटक अन्तर्राष्ट्रिय खेलमा सहभागी भै राष्ट्रलाई पदक समेत दिलाउने खेलाडी हुन ।

अहिले नेपालगन्जमा यहीँ बैशाख ५ बाट सुरु हुने ८ अाै राष्ट्रिय खेलमा समेत राम्रो प्रस्तुति दिने बस्नेतको भनाइ रहेको छ । अाज उदयपुरको चाैदण्डीगढी नगरपालिकाकाे सभाहलमा एक कार्यक्रम विच खेलाडी बस्नेत सहितकाे टाेलीलाई चाैदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए ।बस्नेत १४ वर्षकै उमेरमा पाकिस्तान बंगलादेश भारत लगाएतका दर्जनौं अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेकी खेलाडी हुन । बस्नेत अहिले पत्रकारिता साथै सामाजिक काममा अग्रसर रहदै अाएकी छिन । त्रियुगा जनता बहुमुखी क्याम्पस माेतिगडा विएस प्रथम वर्षमा अध्यनरत बस्नेत नेपालकै कान्छी खेलाडीका रुपमा समेत स्थापित छिन ।