नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिताकाे लागी राष्ट्रवादी विकासशील अभियान नेपालले दश लाख दिने

2019-04-15   खेलकुद

 काठमाण्डाै२बैशाख/ राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा यही मिती २०७६ जेठ ९ गतेबाट ११ गतेसम्म क्षेत्रीय रंगशाला धनगढीमा राष्ट्रवादी विकासशील अभियान नेपालको मुख्य प्रायोजनमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता २०७६ आयोजना हुने भएकाे छ  ।

खेलका माध्यमबाट नेपाल अनि सुदूरपश्चिम प्रदेशको पहिचान फराकिलो बनाउँने तथा त्यस क्षेत्रको विकास समृद्धिमा भुमिका निर्वाह गर्ने प्रतियोगिताको मुख्य उदेश्य रहेकाे कुरा अाज काठमाण्डाैमा अायाेजीत पत्रकार संमेलनम जाकारी गराइएकाे थीयाे । यस्तै सुदूरपश्चिम क्षेत्रका कराँते खेलाडीको स्तरवृद्धि ता व्यवसायिककरण गर्न प्रतियोगिताले भुमिका निर्वाह गर्ने विश्वासका  साथै प्रतियोगिताले खेल पर्यटनको अवधारणामा जोड कुरा अायाेजकले जानकारी गराएका छन ।यस्तै कार्यक्रममा उपस्थित नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले प्रतियोतिाका लागि १५ हजार नगद सहयोग गरे ।

प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । तीनवटै स्पर्धामा ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुनेछ । कुल ४१ लाख ९१ हजार बजेट रहेको प्रतियोगिताको टिम च्याम्पियनले ७५ हजार पुरस्कार पाउँनेछन् । जुन नेपालको सबैभन्दा ठूलो पुरस्कार राशी रहेकाे अायाेजकले बताए ।
खुल्ला प्रतियोगिता भएकाले सातवटै प्रदेश, स्कुल, कलेज, डोजो तथा तीनवटै विभागीय टिमका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउँन पाउनेछन् । उक्त प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका गरी करिब १ हजार बढी महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा भारतका मात्रै करिव ४ सय बढी खेलाडीहरुको सहभागिता रहनेछ ।

 नवौं संस्करणसम्म आइपुग्दा प्रतियोगिताले गोजिरियोतर्फ राष्ट्रिय टोलीसम्म क्षमतावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको महासचिव चन्दले बताए । प्रतियोगिताको अनुमानित लागत ४१ लाख ९१ हजार रहेको जानकारी दिएको आयोजकलले नगरपालिका तथा स्थानीय व्यापारीक क्षेत्रमार्फत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।यसअघिपनि धनगढीमा स्थानिय निकायको सहयोगले विभिन्न समयमा प्रतियोगिता संचालन भएको स्मरण गराउदै यो प्रतियोगितालाई पनि सहयोग प्राप्त हुने विस्वास ब्यक्त गरे । सुदुरपश्चिम क्षेत्र खेलाडीको उर्भर क्षेत्र भएकाले सरकारले विषेस ध्यान दिनुपर्ने चन्दको भनाई छ । 

१६ वर्षअघि देखि नियमित हुदैँ आएको यस प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रवादी विकासशील अभियान नेपालले दश लाख नगद रकम प्रदान गरी  मुख्य प्रायोजन गर्नेछ कार्यक्रम संयोजक राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपालका महासचिव, प्रकाश चन्द ले जानकारी गराएका थीए र अाज अायाेजीत पत्रकार संमेलनमा प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रवादी विकासशील अभियान नेपालका संयाेजक कमलराज श्रेष्ठले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन ।