0 COMMENTS

सुनसरी२८चैत्र/ मोरङमा कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्लाको सुन्दरहरैचा नगरपालिका ४ बुधबारे चोकमा पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको हो ।

बुधबार राति भएको दुर्घटनामा परी मृत्यु हुनेमा २२ वर्षीय हेम चौधरी रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका ८ घर भएका २२ वर्षीय प्रकाश चौधरी घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी दुवै घाइते भएका तर हेमको भने विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्य अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।