सुन,चाँदीको मूल्य बढ्यो

2019-04-09   अर्थ

काठमाण्डाै२६चैत्र/ आज सुन प्रतितोला ३ सय रुपैयाँ बढेको छ। हिजो प्रतितोला ६० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै हिजोको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी आज ७४० रुपैयाँमा कारारेबार भइरहेको छ।