मादक पदार्थकाे झाेकमा श्रीमतीले गरीन श्रीमान्को हत्या

2019-04-07   अपराध

बनेपा२४चैत्र/ काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा शनिबार श्रीमतीले खुर्पा प्रहार गरी श्रीमान्को हत्या गरेकी छन् । प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् । सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो ।

सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन् । उनी बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । प्रहरीले हत्यामा संलग्न लालीमायालाई नियन्त्रणमा लिएको छ ।