0 COMMENTS

मेडिकल भाषामा पोलिप भनेको मासुको डल्लो हो । पित्तथैलीमा रहेको पोलिप भनेको छालाहरुमा यदाकदा पलाउने सानो मुसाजस्तै हो । मानिसहरुको उमेर बढ्दै गएपछि पित्तथैलीमा यस्तो पोलिप आउन सक्छ । विभिन्न रिसर्चहरुले देखाएअनुसार १० मिलिमिटरसम्मको पोलिप अर्थात् मासुको डल्लो सामान्य हुन्छ । यस्तो पोलिप निकाल्न अप्रेसन गरिहाल्नु पर्दैन । पोलिपको अप्रेसन भनेको पित्तथैली नै निकालेर फाल्नु हो ।

पित्तथैलीको खास काम हामीले खाने चिल्लोलाई पचाउन कलेजोले उत्पादन गर्ने पाचन रसलाई जम्मा गरेर राख्नु हो । हामीले खानेकुरा खाएपछि त्यो रस आवश्यकताअनुसार सानो आन्द्रामा गएर पाचन प्रक्रियालाई सहज तुल्याइदिने गर्छ । शल्यक्रिया गरेर पित्तथैली फालिएको रहेछ भने पनि कलेजोले त्यो रस उत्पादन गरिरहेकै हुन्छ । तर आवश्यक पर्दा चाहिने मात्रामा त्यो पाचन रस आन्द्रासम्म पुग्ने प्रणालीले चाहिँ राम्रो काम नगर्ने अनि पाचनप्रणालीमा गडबडी, विशेष गरेर चिल्लोयुक्त खानेकुराहरु नपच्ने समस्या आउन सक्छ । तर खानपीनमा नियन्त्रण गर्ने हो र थोरै खाने बढी पटक खाने शैली अपनाउने हो भने पित्तथैली निकालेर फाल्दा पनि खासै फरक भने पर्दैन ।

विभिन्न रिसर्चहरुले १० मिलिमिटरसम्मको पोलिपले केही असर नगर्ने र यसले तत्कालै क्यान्सर नगराउने भन्दै यसलाई अप्रेसन गरिहाल्नु पर्ने अवस्था नहुने बताएको छ । प्रस्ताेताः  डा . महेन्द्र अग्रहरी ,कन्सलटेन्ट फिजिसियन, भरतपुर अस्पताल र मनकामना अस्पताल चितवन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।