इटहरीका कवि बिनय सरगमसंग गरिएको संक्षिप्त कुराकानी

बजारमा भर्खरै १७ कविको १०२ वटा कविता समेटिएको संयुक्त कविता संग्रह अनुहारको भिड आएको छ त्यही संग्रहको वरपर रहेर संग्रह भित्रका इटहरी २ मा बसेर कविता लेख्दै आएको एक अनुहार बिनय सरगमसंग गरिएको संक्षिप्त कुराकानी
प्रश्न १. तपाईं लगायत १७ कविहरुको संयुक्त कविता संग्रह सार्वजनिक भयो पुस्तकमा कस्ता अनुहारहरु छ् ?
– धन्यबाद।यो संग्रहमा हामी १७ कबि छौं।र यस संग्रहमा बिशेस त:६० दशकको अन्त्य र ७० को सुरुवात संगै लेखन यात्रामा सक्रीय भै आएका कबिहरुको कबिता छन् ।र कतिपय अवस्थामा एउटै कन्सेप्टलाई हामिले कसरी केलाईरहेछौं,लेखिरहेछौ त्यस प्रती हाम्रो बिचार केहो भनी लेखेका छौं।यस संग्रमा संग्रहित अनुहारहरुले बाँचिआएको ठाउँ,परिबेश,अनुभुतिहरु छन् ।

२ पाठकले यो पुस्तक किन पढ्ने ?
– आजभोली पाठकहरु सचेत छन् र उहाँहरु आफुले चाहेको पुस्तकको चोइस गर्न नि माहिर छन् ।यसर्थ यस्को उत्तर त हामिले दिन नमिल्ला या दिन मिल्दैन पनि।तर पर्सनल्ली मैले भन्दा खेरी यस संग्रहमा हामिले नेपालको पछिल्लो राजनैतिक/सामाजिक/प्राबिधिक उतरचढाबले हामिमा पारेको प्रभाबहरुको अनुभुतिहरु छन् ,बिचारहरु छन् ।

३, अनुहारको भिड भित्र प्राय नव कविहरु नै हुनुहुन्छ कसरी भेट भयो त १७ कवि हरुको ?
– यो एक मिठो संयोग/सपना हो।र यो संयोगलाई बिश्वास गरेर इन्डिगो इंक पब्लिकेसनले बजारमा ल्याएको हो।र हामिलाई एक जुट पार्ने काम भने प्रीय कबि नबिन प्यासिले गरेका हुन् ।

४ सत्र कविता संग्रह नआएर किन अनुहारको भिड आयो ?
– पर्सनल्ली यस संग्रहमा संग्रहित कबिहरुले केहि समय पछि जरुर ल्याउनेछ।तर एक कबिको लागी संग्रहमा चाहिने कबिता/कबिताको अझै सायद अझ आउन बाँकी छ कि ? यसैको सुन्दर बिकल्पको रुपमा अनुहारको भिड आएको हो।

५, संग्रहमा के कस्ता बिषय बस्तु र शैलिका कविताहरु समेटिएको छ ?
– हामिले बाँचिआएको समयमाथी हाम्रो दृस्टिकोण-बिचार देखिएको सपना अनि अनुभुतिको एक सुन्दर र कतिपय अवस्थामा प्रयोगात्मक बिषय र शैलिहरु छन् ।

६,अनुहारको भिडलाई समकालीन नेपाली कविताका नव कविहरुको प्रतिनिधि संग्रह भन्न मिल्छ । अझ धेरै अनुहार त छुट्यो होला ?
– प्रतिनिधी हो भन्न मिल्छ/मिल्दैन।यो भन्दा अघि म यो भन्न चाहें कि यस संग्रहमा हामिले बाँचेको समयको कबिताहरु छन् ।यो भनिरहदा के यो संग्रहमा संग्रहित कबिता/कबि मात्रै प्रतिनिधी हुन् त?जरुर पनि हैन कारणबस,थुप्रो कबिहरु छुटेको छ।र यस्ले साँच्चै नमिठोपना त फिल भएकै छ।

७, तपाई प्रतियोगिता तिर खासै सहभागी हुनुहन्न किन नि ?
– यस बिषयमा आआफ्नो मत होलान हामी सबैको।प्रतियोगिताले हामिलाई एउटा बाटो त दिन्छ र यो गज्जबको कुरा हो।तर म पर्सनल्ली कबिताको प्रतियोगितामा सहभागी हुन चाहन्न।सायद कबिता प्रतियोगिता प्रती मेरो फरक मत होला।

८,कविताहरु बारे के कस्ता प्रतिक्रिया पाइरहनु भएको छ ?
– हामिलाई प्रतिक्रीया त चाहिन्छ र यो गज्जबको कुरा हो कि यस पुस्तक साथिहरुले बिभिन्न ठाउँबाट मागिरहनुभको छ।पुस्तक/कबिता यसरी मागिनुले हामिमा पोजिटिब इनर्जी भाइब्स त भाको छ।

९,तपाईका के कस्ता कविताहरु समेटिएको छ अनुहारको भिड भित्र ?
– कबिता लेखनको पनि आफ्नै पाटाहरु त छन् र यस्मा पनि म बिशेसत अनुभुतिपरक कबिताहरु ज्यादा लेख्छु।यस्तै फुटकर कबिताहरु समेटिएको छ।

१०, तपाईको एकल कविता संग्रह कहिले आउँछ नि ?
– यो प्रस्नले मलाई हामिलाई झक्झकाइ रहन्छ।संग्रहको लागी चाहिने बिबिध कुराहरु तैयार हुदैछन मेरो लागी,हाम्रो लागी।तर तत्काल ……