घट्यो सुनेको भाउ हेराै कती पुग्याे 

2019-04-04   अर्थ

काठमाडौं२१चैत्र/ हिजो र अस्ति समान मुल्यमा कारोबार भएको सुन आज भने अचानक घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको ।

सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीबार तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । सुन पछिल्ला दिनहरुमा लगातार घट्ने बढ्ने भइरहेको छ ।