फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली पाँच स्थान माथि उक्लियो

2019-03-30   खेलकुद

काठमाडौं १६चैत्र/ नेपाली राष्ट्रिय महिला टोलीले महिला फिफा वरियतामा पाँच अङ्क फड्को मारेको छ । नेपालले हालै सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपमा खेलेको आधारमा वरियतामा सुधार गरेको हो ।

यस अघि १०८ औं स्थानमा रहेको नेपाली राष्ट्रिय महिला टोली नयाँ बरियताक्रम अनुसार पाँच स्थान सुधार गर्दै १०३ औ स्थानमा उक्लिएको छ । शुक्रबार सार्वपनिक गरेको बरियता अनुसार महिला टोलीको पहिलो स्थानमा अमेरिका, दोस्रो स्थानमा जर्मनी, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथो स्थानमा फ्रान्सी र पाँचौ स्थानमा क्यानडा रहेको छ ।