0 COMMENTS
डा .सन्तोष भुसाल

जीवन अमुल्य र आयामिक छ । स्वस्थ जीवन हरेक ब्यक्तिको सपना हुने गर्दछ । हामिले उमेरको बिकास सङगै सिकेका गुण , दैनिकी , शारीरिक क्रियाकलाप , भोजन इत्यादीले हाम्रो स्वास्थ्य निर्धारण गर्द्छ । स्वस्थ्य जिबनशैलि स्वस्थ्य जीवनको आधार हो । स्वास्थ हुनु नै अमुल्य धन हो र यसबाट नै समृद्धि प्राप्त हुन्छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हुन्छ । निरोगिता बिना खुसी मिल्दैन र खुसी बिना सुखी भइदैन । त्यसैले हामीले स्वस्थ्य जीवनका यथार्थलाई टेकेर भ्रमहरुलाई केलाउनु जरुरी पर्दछ ।

१. निन्द्रा / Sleep :

राम्रो सङ निदाउनु हाम्रो स्वस्थ्यका लागी अन्त्यन्त महत्वपूर्ण हुन्छ । यसले दिनभरको थकानलाई बिभिन्न तनाबलाई भुलाउन मद्धत गर्दछ । निदाउदा, जस्तोसुकै दुख कष्ट भए पनि हामीलाई राहत भएको महसुस हुन्छ।स्वस्थ्य मान्छेले कम्तिमा ६ घण्टा निदाउनुपर्छ, बालक र बृद्ध लाई कम्तिमा ८ घण्टा सुत्न आवश्यक पर्दछ । राती छिटो निदाउनु र बिहान चाडै उठ्नु लाभदायक हुन्छ ।

२. भोजन / Food :

जीवन मा शारीरिक र मानसिक बिकास का निम्ति भोजन अपरिहार्य हुन्छ । अस्वस्थ्य भोजनले विभिन्न रोगहरुको सृजना गर्दछ । हाम्रो जिबनमा आस्वस्त भोजनको तुरुन्त र दीर्घकालीन असरहरु देखिन्छन् । मानिसको उमेर , लिङ्ग , शारीरिक बनावट ,मौसम , आदि अनुसार भोजन को आवश्यकता फरक पर्न सक्दछ। हामिले खाना खादा जहिले पनि पेट(आमासय)को आधाभाग अन्नको लागि,एक चौथाई वायु र एक चौथाई तरल पदार्थलाइ छुट्याउनु पर्छ । खाना मा हरियो तरकारी , सलाद , रेसायुक्त खाने कुरा हरु प्रसस्त खानुपर्दछ भने कार्बोहाइड्रेट चिल्लो गुलियो खाने कुराहरु कम खानु पर्दछ। फलफूल को मात्रा बढाउ । कफि सोडा युक्त पिय पदार्थ नखाउ । थोरै खाउ — अघाए पछि नथपौ ।धूम्रपान नगरौ – रक्सी को प्रयोग नगरौ । पानी को मात्रा बढाउ ।

३. शारीरिक क्रियाकलाप / Exercise :

शरीरलाइ सक्रिय बनाउन शरिरका सबै अंगहरुको ब्यायाम आवस्यक छ । ब्यायामले शरीरमा रक्तसन्चार बनाइ राख्दछ र हुन सक्ने मुटुरोग, मधुमेह, मोटोपना , ग्यास्ट्राइटिस, माशँपेशीका जटिल रोग हुनबाट बचाउछ । ब्यायाम बिना शरीर अस्वस्थ र क्रान्तिहिन हुन् जान्छ, जबकी एक दुर्बल मान्छे, नियमित ब्यायाम गरेमा बलवान स्वास्थ र सुन्दर हुन सक्छ | यसले तनाब ब्यबस्थापन गरि हामीलाई निरन्तर फ़ुर्तिलो बनाउछ ।

४. स्वस्थ सोचाइ को बिकास / Positive thinking :

मानिसले इन्द्रियहरुलाई संयम भै सदुपयोग गर्नुपर्छ, त्यसैले आफ्नो आन्तरिक शक्तिलाई लाइ संयम राखी शक्ति संचय गर्न सकिन्छ र यसले शरीर स्वास्थ रहन मद्दत गर्दछ। नकारात्मक सोचलाइ हटाउदै सकारात्मक बन्नु पर्दछ । खराब सङ्गतबाट टाढा बस्दै सकारात्मक मित्रहरूसङ्ग समीप हुनुपर्दछ । सकारात्मक सोचले स्वास्थ र सुन्दर जीवनको बिकास गर्दछ । डा .सन्तोष भुसाल चितवन मोडल अस्पतालका  चिकित्सक  पनी हुनुहुन्छ ।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।