0 COMMENTS

काठमाडौं ११चैत्र/ बैंकिङ कसूर गरेको आरोप लागेका किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई रिहा गर्न सर्वोच्च अदालतले आइतवार अस्वीकार गरेको छ ।

बैंकिङ कसूर आरोपमा सरकारले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा ज्ञवालीलाई समेत प्रतिवादी बनाइएको थियो । अदालतबाट बैंकिङ कसूर गरेको ठहर भएपछि उनी फरार भएका थिए । गत असोजमा पक्राउ गरेर प्रहरीले उनलाई उच्च अदालत, पाटनमा बुझाएको थियो । उक्त अदालतको वाणिज्य इजलाशले ज्ञवालीलाई कैदमा पठाएको थियो ।

त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनले बन्दी प्रत्यक्षीकरणको रिटसमेत दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीशहरू केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले ज्ञवालीलाई रिहा गर्न आइतवार अस्वीकार गरेको हो । याे खबर आजकाे आर्थिक अभियान दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।