0 COMMENTS

विराटनगर११चैत्र/ किरियापुत्रीलाई भेट्न जाँदा घाँटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् । कतिपयले पण्डितको चुनावी अभियानका क्रममा खिचिएको तस्वीर हुनसक्ने आशंका पनि गरे । तर, यो तस्वीर विराटनगरको हो र शनिबारको भएको पाइएको छ । मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका मन्त्री पण्डित शनिबार विराटनगर आएका थिए । पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागी भएर मातृशोकमा रहेका नेकपा नेता महेश भट्टराईलाई सान्त्वना दिन उनकै घरमा पुगेका थिए ।

सयपत्री फूलको माला लगाएर विराटनगर– ३ स्थित भट्टराईको घर पुगेर केही समय बसेका पण्डितले हिँड्ने बेला सामूहिक तस्वीर खिचाएका थिए । एक साताअघि भट्टराईकी ८७ बर्षीया आमा पवित्रादेवीको निधन भएको थियो । मन्त्रीको एक छेउमा महेश र उनका दाजु छन् भने अर्काे छेउमा भने नेकपा केन्द्रीय सदस्य महेश रेग्मी उभिएका छन् ।

नेता रेग्मी हतारमा माला खोल्न बिर्सिएको बताउँछन् । ‘परोपकार घाट अवलोकनपछि परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा पुगेका थियौं’ उनले भने ‘हतार हतारमा हिँड्दा माला खोल्नै बिर्सिएछ ।पुर्बेली न्युज ।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।