0 COMMENTS

नमराज भट्ट चैत्र ५/ जनकपूरधाम बिश्व मुख दिवसको अबसरमा श्री निम्न माध्यमिक आधारभूत बिधालय मानसिंहपट्टी जनकपूरधाममा प्रदेश २ का सासँद माननीय राम आशिष यादबको प्रमुख अथितिमा दन्त शिविर कार्यक्रम सुरु भएको थियोे । द डेन्टल होमका संचालक डा . सज्जन ठाकुरको अगुवाइमा विशेष अथिती प्रदेश २ का सुरक्षा सल्लाहकार बिजयलाल कायस्थ र यस विद्यालयका प्राधानाध्यापक श्याम शाह थिए।

शिविरमा २०० जनाले चेकजाँच गर्नु भएको थियोे ।उक्त शिविरमा ब्रसिङ गर्ने सिद्धान्तको बारेमा सिकाउनु भएको थियो।शिबिरमा बिरामीलाई निशुल्क तुथपेस्ट,तुथ ब्रस ,माउथ जेल र भिटामिन औषधी बाडिएको डा.सज्जन ठाकुरले जानकारी दिएका थिए। बिश्व मुख दिवस २०७५ को नारा एक्ट ओन माउथ हेल्थ रहेको छ।उक्त कार्यक्रममा स्थानीय अभियान्ताहरुले विशेष सहयोग गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।