0 COMMENTS

काठमाडौं, ५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकामा छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका हुन् । पत्नी सीता दाहालको उपचारका लागि गएका बेला प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् । अमेरिकी कानुनले कुनै पनि युद्ध अपराधीलाई आफ्नो देशमा पक्राउ गर्न सक्ने अधिकार दिएको छ । प्रचण्डमाथि युद्ध अपराध गरेको, मानवअधिकार उल्लंघन गरेको आरोप लागेकाले उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।