0 COMMENTS

दाङ ०५चैत्र/सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगतको दशबर्षे सशस्त्र द्वन्द्वकै झल्को दिनेगरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ ।

‘जनकारवाही’ लाई ब्युँताएको भन्दै विप्लब समूहले ‘जनसत्ता’ भन्दै गठन गरेको जनसरकारलाई राज्यसत्ताको निगरानीको बलियो शक्तिका रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसरकार गठन गरिएको जिल्ला जनसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए ।सरकारले आफूलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकारलाई झनै सक्रिय बनाइएको उनको भनाइ छ ।

‘तत्कालिन माओवादीको युद्धकालमा बनाइएका यी जनसत्तालाई सरकारलाई पुनः ब्युँताइएको हो’, उनले भने, ‘हामीलाई बर्तमान सरकारले प्रतिबन्ध नै लगाएपछि हामी सरकारको खिलाफमा समानान्तर सरकार संचालन गरेर सक्रिय रुपमा लागेका हौं ।’ -नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।