0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ०३/लमजुङको बेसीशहर नगरपालिका – ११ चिति कार्किडाँडा बरवाेट बेशिमा अत्यन्तै पुरानो ऐतिहासिक भग्नावशेष पत्ता लागेको छ । स्थानीय हरुका अनुसार याे अत्यन्तै पुरानो हाे । राजा बस्ने दरवार भएको हुनसक्ने हुनाले यसकाे बिशेष अनुसन्धान गरिने छ । ईटाकाे पर्खाल र अाधा भत्किएको अवस्थामा भेटिएको त्यो दरवारकाे ईटा कति बर्ष पुरानो हाे त्यसकाे पत्ता लगाउन बेसीशहर नगरपालिका संग समन्वय गरि पुरातत्त्व बिभागमा पठाउने तयारी गरिएको छ ।

चिति कार्किडाँडा सेवा समाज बेसीशहरकाे पहलमा त्यसकाे पुरानो ईतिहास खाेजि गरिएको हाे । २०७५ फागुन २ गते बसेकाे समाजकाे नियमित बैठकमा अत्यन्तै पुरानो र ऐतिहासिक स्थलकाे संरक्षण गर्ने कुरामा छलफल चलेको थियो । चितिकाे ऐतिहासिक स्थलहरु रामचाेककाे गढि तिलाहारकाे शिद्देश्वाेर महादेव मन्दिर र बरवाेट बेशीमा रहेको दरवारमा निकै पुरानो ईतिहास रहेको हुनसक्ने चितिका स्थानीय हरुकाे भनाइ छ ।

प्रचारप्रसार काे अभावमा अाेझेलमा परेका ऐतिहासिक ठाउँ हरुकाे संरक्षण र उत्थान गर्न सके ईतिहास पनि सुरक्षित हुने र पर्यटकीय स्थल पनि बन्न सक्नेछ । भग्नावशेष लाई सुरक्षित तरिकाले राखेर यसकाे खाेज अनुसन्धान लाई तिब्रता दिईने चिति कार्किडाँडा सेवा समाजले जनाएको छ। स्थानीय निकाय हरुले अाफ्नाे ठाउँमा भएका पुराना धार्मिक ऐतिहासिक र पर्यटकीय दृष्टिकाेणले महत्त्वपूर्ण ठाउँ हरुकाे खाेजि गरिरहेकाे अवस्थामा याे ठाउँ पनि महत्त्वपूर्ण स्थलमा पर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।