0 COMMENTS

नमराज भट्ट काठमाडौ फाल्गुण ३०/स्वस्थ मृगौला सबैका लागि सबै ठाउँमा भन्ने नाराका साथ काठमाडौ मेडिकल कलेज सिनामंगलस्थित जनजागरण कार्यक्रम मनाएको छ।मेडिकल कलेजका सहप्राध्यापक डा.लक्ष्मण अधिकारीले मृगौला बचाउनु पर्छ भन्ने कुरा प्रकाश पार्नु भएको थियो। मेडिकल कलेजका मृगौला रोग विशेषज्ञ डा . अनिल पोखरेलले मृगौला केहो, मृगौला के भएर बिग्रन्छ,यदि बिग्रीहाल्यो भने के गर्ने, बिग्रेपछि के लक्षण देखापर्छ र मृगौला बचाउनु के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने विषयमा सिकाउनु भएको थियोे ।

उक्त कार्यक्रममा मृगौला बिभाग र डायलासिस बिभागका डाक्टरहरु ,नर्सहरु ,मेडिकल कलेजका विद्यार्थीहरु,मृगौला सम्बन्धिका बिरामीहरुको उपस्थिति रहेको मृगौला रोग विशेषज्ञ डा.अनिल पोखरेलले जानकारी दिएका छ्न।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।