विप्लवले लडाकुको शिविरबाट हतियार लगे- पूर्वकमाण्डर ‘बलदेव’

2019-03-14   राजनीति

सुर्खेत३०फागुन/ कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् ।

उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे ।

लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूह तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं, ’ उनले भने ‘त्यही बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’

उनले विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लैजाने क्रममा आगजनीसमेत गरेको दाबी गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।