फेसबुकमा विश्वव्यापी समस्या

2019-03-14   समाचार

काठमाण्डाै ३०फागुन/  सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ। केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले ‘न्युज फिड’ खाली देखिएको र केहीले ‘प्रोफाइल’मा प्रवेश गर्न नसकेको गुनासो गरेका छन्।

बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको हो। विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्रोसँग काम नगरेको प्रयोगकर्ताहरुको गुनासो छ। आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको फेसबुले प्रष्ट पारेको छ। समस्या समाधानका लागि पहल भइरहेको फेसबुले जनाएको छ।