के हो पिनास, कसरी बच्ने ? यस्ता छन् डाक्टरले दिएका सुझाव

पिनास :पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनस(sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो । साइनस भन्नाले टाउँको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् ,जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाइ रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिगाँन भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ व्याक्टोरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।

विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसन (Inflammation)को आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।

१) फ्रन्टलसाइनस (Frontal sinus) –निधारमा हुन्छ । २) म्याक्जिलरीसाइनस (Maxillary sinus) –दुवैतिर गालाको भित्री भागमा । ३) इथमोइडल साइनस (Ethmoidal sinus) –आखाँहरुको बीचमा । ४) स्फेनोइडल साइनस (Sphenodal sinus) –इथमोइडल साइनसको भित्री भागमा ।

पिनास दुई प्रकारका हुन्छन् :-

१) एक्युट साइनोसाइटिस (पिनास):- ३० दिन भन्दा कमको पिनास ÷१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

२) क्रोनिक साइनोसाइटिस (पिनास):- ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनास हुनुका मुख्य कारणहरु:-

१) साइनस (Sinus) को भित्री भागमा केहि गरी अवरोध वा रोकावट हुनु । २) एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु । ३) नाकको भित्री भागमा मासु पलाउनु –Nasal polyp वा ट्युमर हुनु वा नाकको भित्रको हड्डी बाङ्गिनु । ४) एलर्जी गराउने कुनै वस्तु, खाना, धुँवा–धुलो, गन्ध आदि । ५) कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि ।

पिनासको लक्ष्णहरु

१) नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने । २) टाउँका को अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने ३) गन्ध वा बास्ना थाहा नपाउने ४) नाकबाट बाक्लो, पहेलो र गन्द युक्त सिगाँन बग्ने । ५) दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको पीडा वा कानको दुखाई हुनु ।

योग तथा प्राकृतिक चिकित्सा:-

१) योग चिकित्सा:-

–अनुलोम विलोम प्राणयाम –कपालभाति प्राणायाम –सूर्यवेदि प्राणयाम

२) प्राकृतिक चिकित्सा:- –जलनेति वा सूत्रनेती –अनुहारको मालिस –अनुहारको वाष्पस्नान –नास्य, शिरोवस्ती र शिरोधारा –उष्णपादस्नान –एक्युपंचर, एक्यूप्रेशर र रिफ्लेक्सोतोजी विधि

आहार सम्बन्धी जानकारी:-

१) प्रशस्त मात्रामा खानु पर्ने:- –हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी –हर्वल चिया, कागती र मह र ज्वानोको रस तुल्सीको पातको रस र मह –भिटामिन बी–१२ र भिटामिन सि युक्त खाना तथा फलफूल आदि

२) कम मात्रामा खान हुने:- –चिसो गर्ने परिकार जस्तै ः–गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि मासको दाल आदि । –धु्म्रपान, मद्यपान, सुर्ती जन्य पदार्थ नखाने । –कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका लागि मैत्री खाना होइनन् ।

नोट: योग तथा प्राकृतिक चिकित्सा अपनाउँदा सम्बन्धीत रजिष्ट्रड चिकित्सकसँग एक पल्ट सल्लाह लिनु पर्दछ ।

(लेखक, प्राकृतिक स्वास्थ्य अस्पतालका विशेषज्ञ डाक्टर हुन ।)